नेभिगेसन मेनु

डलरको भाउ १३२ रुपैयाँ नाघ्यो, नेरु हालसम्मकै कमजोर
सम्पादक:南亚网络电视
समय:2022-10-09 11:54

123

अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.०२ रुपैयाँ तथा खरिद दर १३१.४२ रुपैयाँ  तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो दुई महिनायता डलर निरन्तरजसो उकालो लागिरहेको छ ।

सोही क्रममा शुक्रबार र शनिबार नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको हो । एक साता अघि (दसैं बिदा सुरु हुनुअघि) एक अमेरिकी डलरको बिक्री दर १३१.४१ रुपैयाँ पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको डलर त्यसयता फेरि उकालो लाग्न थालेको छ ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो । डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको जानकार बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

शनिबार दिउँसो ३ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८२.८३ पुगेको छ । गत शनिबार यस्तो दर भारु ८२.११ रहेको थियो । पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर