नेभिगेसन मेनु

साउदीसँग छिट्टै श्रम समझदारी हुने
सम्पादक:南亚网络电视
समय:2022-09-17 15:28

mantri-kuwar_1641971313      श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताउनुभएको छ ।

आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुग्नुभएका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताउनुभएको थियो । 

सो अवसरमा उहाँहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभएको थियो । मन्त्री कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । 

भेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर