नेभिगेसन मेनु

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने, तातोपानी नाका अन्योलमै
सम्पादक:南亚网络电视
समय:2022-09-15 16:47

Rasuwagadhi-Naka-2

 

कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

‘बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने जानकारी आएको छ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले अनलाइनखबरसँग भने, ‘दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने छन् ।

चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

यता, तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल कायमै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत २५ साउनदेखि केही कन्टेनर सामान आए पनि त्यसपछि थप निरन्तरता नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

‘अहिले नाका बन्द कै अवस्थामा छ, काठमाडौंमा नाका खुल्नेबारे चिनियाँ नेतृत्वले बताएको विषय जानकारीमा भए पनि थप सूचना पाएका छैनौं’ प्रमुख जिल्ला अधिकारी खनालले भने । पछिल्लो पटक तातोपानी नाका साउन २१ गते देखि चिनियाँ पक्षले बन्द गराएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर