नेभिगेसन मेनु

राजविराज भन्सारमा बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन
समय:2022-07-23 04:43

राजविराज । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयले छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएको छ ।

जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट आर्थिक वर्ष २०७८/७९ मा सो परिमाणको राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले जानकारी दिए ।

उनले आर्थिक वर्ष २०७८/७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५८७, नेपाल प्रहरीले ४६३ र भन्सार कर्मचारीबाट १४ गरी कूल एक हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकामा २०० मुद्दाको लिलामी कार्य सम्पन्न भएको जानकारी दिए। अन्य ४९९ मुद्दा टुङ्ग्याउने सम्पूर्ण तयारी पूरा गरिएको र केही दिनमै प्रक्रियाअनुसार लिलाम गरिने झाले जानकारी दिए ।

भारतसँग खुला सिमाना भएका कारण व्यापकरूपमा चोरीपैठारी हुने गरेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख झाले बताए । उनले दरबन्दीअनुसार कर्मचारीसमेत अभाव रहेको बताए । भन्सार कार्यालयमा जम्मा एक भन्सार अधिकृत, दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर रहेका छन् ।

करारमा चार कार्यालय सहायकमध्ये दुई छोटी भन्सारमा र दुई अस्थायी पैठारीमा राख्ने गरिएको झाले बताए । जिल्लामा मुख्य भन्सार कार्यालय एक र छोटी भन्सार सातसहित आठवटा भन्सार कार्यालयमध्ये हाल बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् ।

उक्त दुवै छोटी भन्सारबाट लगातार अपेक्षाअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । व्यापक मात्रामा चोरी पैठारी हुने गरेको भन्दै कार्यालय प्रमुख झाले कुन वर्ष अवैध व्यापार कति भयो भनेर भन्न सकिने अवस्था नरहेको बताए ।

भारतसँग खुला सिमाना भएका कारण कूल व्यापारको आधाभन्दा बढी हिस्सा अवैध हुने गरेको नागरिक समाजका अध्यक्ष तथा कपडा व्यापारी थानसिंह भन्सालीले बताए । भन्सार कार्यालय प्रमुख झाका अनुसार राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० का लागि पाँच करोड ९९ लाख ३० हजार राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

त्यसमध्ये भन्सार आयात शुल्कतर्फ तीन करोड ४४ लाख नौ हजार, मूल्य अभिवृद्धि करतर्फ दुई करोड ४२ लाख १२ हजार, अन्त शुल्कतर्फ १० लाख ४४ हजार, कृषि सुधार शुल्कतर्फ सात हजार र भन्सारसम्बन्धी अन्य आयतर्फ दुई लाख ५८ हजार रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर