नेभिगेसन मेनु

राजस्व छलीमा २१ करोडको मुद्दा दायर
समय:2022-04-18 04:10

काठमाडौं । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध २१ करोड रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

मूल्य अभिवृद्धि करतर्फ नौ करोड ९६ लाख ८८ हजार, आयकरतर्फ आठ करोड २७ लाख ४५ हजार र अन्य दुई करोड ७८ लाख समेत गरी जम्मा हुन आउने कुल बिगो २१ करोड दुई लाख ३८ हजार बिगो कायम गरी उक्त बिगोको सतप्रतिशत जरिवानाको माग दाबी गरिएको छ।

विभागले रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, श्यामबहादुर श्रेष्ठ, मनोज साह कलवार र विष्णुप्रसाद घिमिरेविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौं ल्याई विना विल बिजक बिक्री गरी राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो।
नागरिक दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर