नेभिगेसन मेनु

चोभारस्थित सुख्खा बन्दरगाह आजदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
समय:2022-04-05 04:05

काठमाडौं । शिलान्यास भएको तीन वर्षपछि काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजदेखि सञ्चालनमा आउँदैछ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले सुख्खा बन्दरगाहको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्योग तथा वाणिज्य मन्त्रालय मातहतमा निर्माण भएको यस बन्दरगाहलाई आजैदेखि सञ्चालनमा ल्याइने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन् । उनका अनुसार, वीरगञ्जबाट डिजिटल लक लगाएर आएका ३ वटा मालबाहक कन्टेनर प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो बन्दरगाहमा प्रवेश गराउनेछन् ।

२०७५ माघ ३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह झण्डै साढे तीन वर्षपछि आजबाट सञ्चालनमा आउन लागेको हो । २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको सुख्खा बन्दरगाहमा ३ वटा मुख्य गेट राखिएको छ । मास्टरप्लान अन्तर्गत यी गेटहरू बनाइएका छन् । बन्दरगाहमा ३ ठूला गोदाम निर्माण भएको छ ।

३ वटा स्टफिङ/डिस्टफिङ भन्ने संरचना बनाइएको छ । जसमा सवारी साधनले ल्याउने सामानहरूलाई भन्सार प्रयोजनका लागि चेकजाँच गर्ने तथा लोड/अनलोड गर्ने सुविधा छ । विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहायतामा बन्दरगाह निर्माण भएको हो । जसमध्ये १ करोड ६० करोड बन्दरगाह निर्माणमा र बाँकी २० करोड कार्यालय निर्माणमा खर्च भएको बताइएको छ । वि.सं. २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर