नेभिगेसन मेनु

हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु
समय:2022-03-10 04:19

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।

हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए । यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो ।

हेटौँडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौँ र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुसी भएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर