नेभिगेसन मेनु

पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि
समय:2022-03-04 02:45

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्याएको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ पुर्याइएको छ ।

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर  १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर