काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल)को तीन नयाँ टोलीको नाम सार्वजनिक भएको छ । पहिलो संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरेको लिगमा यसपटक क्लब बढाएर १० पुर्याइएको हो ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको अनुसार तीन नयाँ क्लबको नाम झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड रहेका छन् । गत संस्करणमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स,ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाएका थिए ।