नेभिगेसन मेनु

सिजनमै चिनीमा कालोबजारी, किलोकै १ सय रुपैयाँ
समय:2022-01-31 04:12

काठमाडौं। उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।

साल्ट टे«डिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।

‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दो हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’

सरकारले यसपटक साल्ट टे«डिङलाई चिनी आयातको अनुमति नदिएकाले पनि चिनीमा व्यापारीहरूको मनलाग्दी भएको हो । ‘यदि साल्ट टे«डिङसँग मौज्दात चिनी थियो भने व्यापारीले चिनीमा मनलाग्दी गर्न पाउने थिएनन् । उपभोक्ताले पनि अहिलेभन्दा सस्तोमा चिनी उपभोग गर्न पाउँथे,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ भन्छन् ।’

विगतका सरकारले साल्ट टे«डिङलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिने गरेको थियो । चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति नदिँदा हाल साल्ट टे«डिङसँग बिक्री गर्न चिनी छैन ।

मौज्दात चिनी हुँदा साल्ट टे«डिङले पछिल्लोपटक उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँ ५० पैसामा बिक्री गरेको थियो । साल्ट टे«डिङसँग मौज्दात चिनी हुँदा व्यापारीले उपभोक्तासँग मनपरी मूल्य लिने गरेका थिएनन् । राजधानी दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर