नेभिगेसन मेनु

महँगीले आकाश छोयो
समय:2022-01-19 04:07

काठमाडौं । चाडबाड विशेष नजिकिँदै जाँदा बजारमा महँगीले सीमा नाघ्छ । सरकारद्वारा अनुगमन प्रभावकारी रुपमा नगर्दा पनि महँगीले सीमा नाघेको हो । नेपाल सरकारले बजार अनुगमन नगर्दा व्यापारीहरुले आफूखुशी सामानको मूल्य निर्धारण गरेर जनता ठगिरहेका छन् । निरन्तर बढिरहेको महँगीका कारण सर्वसाधारणलाई चुल्हो बाल्न धौ–धौ परेको छ ।

व्यापारीले आफूखुशी सामानको मूल्य निर्धारण गर्दा सर्वसाधारणहरु मारमा परेका छन् । बिहान कमाएर बेलुका गुजारा गर्नेहरुलाई के चाडबाड, के अरु दिन, सधैँ उस्तै छ । नेपालीहरुले सबभन्दा धेरै चाडबाड मनाउँछन् । बर्सेनि सयौंको संख्यामा नेपालीहरुले चाडबाड मनाइरहेका हुन्छन् । चाडबाडको मौसम शुरु हुनेबित्तिकै व्यापारीहरुले मौका छोपेर सामानको मूल्य बढाउँछन् । व्यापारीहरुले सामानको मनलाग्दी भाउ राख्ने र जनता ठग्ने काम गरिरहेका हुन्छन् । हरेक वस्तुको रेट व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो उपभोक्ताले त्यति नै तिर्नुपर्ने हुन्छ ।

बजारमा पाइने कुनै पनि सामानको मूल्य निर्धारण सरकारले गरेको छैन । सामान बनाउने कम्पनीले पनि मनलाग्दी नाफा राखेर रेट राखेका हुन्छन् । कुनै पनि व्यवसायीले आफूलाई घाटा हुने गरी मूल्य निर्धारण गर्दैन । खानयोग्य नभएका सामानहरु पनि कम्पनीले म्याद थपेर बजार पठाइरहेका हुन्छन् ।

स्वास्थ्यलाई असर पर्ने, गुणस्तरहीन सामानहरु पनि बजारमा बिक्रीका लागि राखिएका हुन्छन् । सामान किनेर उपभोग गर्नेलाई गुणस्तर छ कि छैन भनेर थाहा हुँदैन । तोकिएको जति तौल भएरनभएको अत्तोपत्तो हुँदैन । यता, म्याद थपेर हो कि ताजा हो, स्वास्थ्यको लागि कति फाइदाजनक, त्यो पनि थाहा हुँदैन ।

पछिल्लो समाय बजारमा छ्याप्छ्याप्ती डुब्लिकेट सामान पाइन्छन् । यस्ता डुब्लिकेट र गुणस्तरहीन सामानले मानिसको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यस्ता खाद्यान्नले हड्डी खिइने, क्यान्सर निम्त्यिाउने, सुगरजस्ता रोगहरु लाग्दछन् । ढक–तराजुको तल केही राखेर पनि उनीहरुले ठगिरहेका छन् ।

सरकारको लापरबाहीले गर्दाखेरि जनताको पैसा बालुवामा पानी मिसाएझैँ भएको छ । यस्तो केमिकलजन्य खाद्यान्न प्रयोग गर्दाखेरि मानिसहरुको आयु घटिरहेको छ । कुखुरादेखि लिएर हरियो सागसब्जीमा विषालु औषधि राखिने गरेको छ । तौल बढ्ने भएपछि व्यापारीहरुले सुई हान्ने गरेका छन् । व्यापारीहरुले धर्म छोडेर पैसाको पछि दौडिँदा जनता ठगिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर