नेभिगेसन मेनु

उखुको समर्थन मूल्य तोकियो, किसान सन्तुष्ट
समय:2022-01-06 03:31

काठमाडौं। सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिए।

यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ हो जसमा उखुको न्यूनतम लागत ३८२ रुपियाँ, ढुवानी खर्च ६२ रुपियाँ तथा मुनाफा ७६ रुपियाँ हिसाब गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि किसान तथा चिनी उद्योगीसँग पटकपटक छलफल गरेको थियो ।

सो छलफलमा उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपियाँ र किसानले ६५० रुपियाँ गर्नुपर्ने प्रस्ताव गरेका थिए । दुवैको प्रस्तावलाई अध्ययन गरी कृषि मन्त्रालयले मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाएको थियो ।

उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि त्यहाँ छलफल भई सो मूल्य निर्धारण भएको मन्त्री यादवले बताए। सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएनन् ।

यसपटक पनि सरकारले गरेको मूल्य निर्धारणमा किसानले असन्तुष्टि जनाएका छन् । उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकार र उद्योगीको मिलोमतोमा यो मूल्य निर्धारण भएको गुनासो गर्दै यसमा किसान सन्तुष्ट नरहेको बर्ताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर