नेभिगेसन मेनु

दिल्ली–काठमाडौं बस पुनः सुरु
समय:2021-12-16 03:59

नयाँदिल्ली — दिल्ली–काठमाडौं बस सेवा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । दिल्ली सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (डीटीसी) ले बुधबारबाट सेवा पुनः सुरु गरेको छ । कोभिडका कारण २३ मार्च २०२० देखि उक्त बस सेवा बन्द थियो । 

दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । कोभिडका कारण बन्द रहेको बस सेवा पुनः सञ्चालनमा आएको हो । दिल्लीको अम्बेडकर स्टेडियम बस टर्मिनलबाट बुधबार बिहान ११ बजे डीटीसीको बस काठमाडौंका लागि छुटेको हो । यात्रु क्षमता ३८ जना भए पनि बसमा १२ जना यात्रु मात्र थिए ।

नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको हो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको छ ।

आइतबारबाहेक साताका सबै दिन दुवैतिरबाट बस खुल्ने गरेको मञ्जुश्री यातायातका दिल्ली म्यानेजर राम पौडेलले बताए । भारत सरकारका तर्फबाट बुधबारबाट मात्रै बस सञ्चालनमा ल्याइए पनि मञ्जुश्री यातायातले भने एक महिना अगाडिबाटै बस सञ्चालनमा ल्याइसकेको थियो । मञ्जुश्रीले सातामा तीन दिन चलाइरहेको थियो । अब डीटीसीले बाँकी तीन दिन चलाउने भएको छ । डीटीसीले दिल्लीबाट सोमबार, बुधबार र शुक्रबार तथा काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार बस चलाउनेछ । आइतबारबाहेक र डीटीसीको पालो नरहेको बाँकी दिन मञ्जुश्री यातायातको बसले ओहोरदोहोर गर्नेछ ।

बसमा यात्रा गर्नेले कोभिड–१९ को पूर्ण मात्रा लिएको प्रमाणपत्र र ७२ घण्टाभित्रको कोभिड–१९ विरुद्धको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । दिल्लीदेखि काठमाडौंको १ हजार १ सय ६७ किलोमिटर यात्रा गर्न बसमा करिब २६ घण्टा लाग्छ । त्यसका लागि यात्रुले २ हजार ८ सय भारु भाडा तिर्नुपर्छ । यसअघि भाडा दर २ हजार ३ सय भारु थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर