नेभिगेसन मेनु

उखुको मूल्य निर्धारणको तयारीमा मन्त्रालय
समय:2021-12-15 05:37

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।

पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताए। उनले भने, “किसानसँग छलफल भएको छ, उहाँको कुरा सुनेपछि मन्त्रालयले मूल्य निर्धारणको गृहकार्य सुरु गरेको छ । ”

सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्यप्रति क्विन्टल पाँच सय ४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएन । यस पटक ६५० रुपियाँ प्रतिक्विन्टल हुनुपर्ने माग उठेको छ । गोरखापत्र दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर