नेभिगेसन मेनु

अर्थमन्त्री र बेलायतका राजदुत बीच शिष्टाचार भेट
समय:2021-10-25 03:38

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिट्टबीच शिष्टाचार भेट भएको छ ।  

 आइतवार अर्थ मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ ।

भेटमा सुदुर पशि्चमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको थियो । साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा कुराकानी भएको छ । यसको लागि मन्त्री शर्माले अन्तर्राषि्ट्रय विकास साझेदारहरुको ध्यानाकर्षण गराएका थिए।

यस्तै भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर