नेभिगेसन मेनु

विदेशबाट मोवाइल ल्याउन रोक नलगाएको भन्दै व्यवसायीको आपत्ति
समय:2021-10-22 04:27

सरकारले विदेशबाट अवैध रुपमा ल्याएको मोवाइल फोन २०७८ साउन १ गते देखि नचल्ने घोषणा गरेपनि यो कार्यान्वयन नभएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । 

अबैध मोबाईलमा रोक लगाउन मोबाईल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्न सरकारले गरेको निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाईल फोन आयातकर्ताहरुले आपत्ति जनाएका हुन् । 

३ महिना बित्न समेत यो नियम लागु भएन मोबाईल फोन इम्पोटर्स एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले आपत्ति जनाए । उनले यो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोवाईल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ ।

सेवाग्राहीले भने विदेशमा भन्दा दोव्वर भन्दा बढी महँगोमा मोवाइल विक्री गर्ने गरेको र कम्जोर सस्तो एसेम्वल मोवाइल मात्र विक्री गर्ने गरेको भन्दै बजारमा प्रतिस्पर्धा गर्न दिनु पर्ने माग राखेका छन् । मोवाइल व्यपारीको भनाइमा सरकारले निर्णय गर्नु गलत भएको समेत सेवाग्राही लाक्पा शेर्पाले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर