नेभिगेसन मेनु

बजेट सम्बन्धि जारी अध्यादेश बारे संसदले निर्णय लिने
समय:2021-07-17 04:31

अर्थ मन्त्री जनार्दन शर्माले छिट्टै नेपाली अर्थतन्त्रको यथार्थ चित्रण सहितको संक्षिप्त जानकारी आम नागरिकमा गराउने प्रतिबध्दता व्यक्त गरेका छन। अर्थ मन्त्रालयमा संचारकर्मीहरुसंगको भेटमा उनले आर्थिक तथा वित्तिय क्षेत्रका विध्यमान समस्याहरु आम सर्वसाधारणको हित प्रवर्ध्दन हुने गरी संवोधन गर्दै लगिने जानकारी दिए। व्यक्त गरे। उनले चालु आर्थिक वर्षको बजेट सम्बन्धमा जारी भएको अध्यादेश संसदमा प्रस्तुत गरिने र यो सम्बन्धमा संसदले उपयुक्त निर्णय लिने विचार व्यक्त गरे।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले गत आर्थिक वर्षको राजस्व र खर्च व्यवस्थापनको संक्षिप्त जानकारी गराएका थिए। प्रारम्भिक अनुमान अनुसार गत आर्थिक वर्षमा रु १० खर्ब ११ अर्ब राजस्व परिचालन गर्ने लक्ष्य रहेकोमा ९ खर्ब ७८ अर्ब ७४ करोड संकलन भएको तथा चालु खर्च शिर्षकमा रु ९ खर्ब ४८ अर्ब बिनियोजन भएकोमा ८ खर्ब ५१ अर्ब खर्च भई लक्ष्यको ८०.०८ प्रतिशत प्रगति हासिल भएको र पुंजीगत शिर्षकमा रु ३ खर्ब ५२ अर्ब बिनियोजन भएकोमा रु २ खर्ब २८ अर्ब खर्च भई लक्ष्यको ६४.६९ प्रतिशत प्रगति हासिल भएको जनाईएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर