नेभिगेसन मेनु

sसेयर बजारमा भीषण पहिरो
समय:2021-06-17 04:26

 

 

सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० खर्बको कारोबार भइरहेकोमा बुधबार घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो।

बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो समयमा लगातार सेयर बजार बढिरहेको थियो। जसले गर्दा लगानीकर्ता उत्साहित थिए। 

बोर्डले ५१ वटा कम्पनीले सेयर मूल्य कर्नरिङ, इन्साइडर ट्रेडिङ गरेर बढाएको भन्दै सूची सार्वजनिक भएपछि लगानीकर्ता सशंकित बनेका छन्। बोर्डले त्यस्ता कम्पनीको सेयर जोखिम रहेको भन्दै थप अध्ययन गर्ने जनाएको छ। 

सेयर मूल्य घट्दा लगनीकर्ताले धेरै गुमाएका छन्। जोखिम सेयर भनिएका ५१ मध्ये ४७ वटाको सेयर मूल्य घटेको छ। बुधबार कारोबार सुरु भएदेखि नै उतारचढाव आएको थियो। अन्तिम समयमा बजार मापन गर्ने सूचक ५२.३९ अंकले घटेर परिसूचक २९६९.७२ बिन्दुमा रोकिएको छ। केही समयअघि लगानीकर्ताले कारोबारको अनुपातमा सेयर मूल्य नबढेका बताइरहेका थिए। तर पछिल्लो समयमा सेयरको सूचक क्रमशः बढ्दै गएको थियो। 

नेप्सेका अनुसार बुधबार २ सय १९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता सेयर किनबेच भएको छ। १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १८ रुपैयाँमा किनबेच भएको हो। लघुवित्तबाहेक सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ। तर लघुवित्तको १ सय ३९.७४ अंकले बढेको छ। 

अन्नपूर्ण पोष्टले लेखेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर