नेभिगेसन मेनु

गिटी बालुवा निकासी गर्ने घोषणाको विरोध भएपछि अर्थमन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ती
समय:2021-06-03 03:02

अर्थ मन्त्रालयले चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ । बजेटमा गिटी, बालुवा निकासी गरेर व्यापार न्यूनीकरण गर्ने सरकारको घोषणाको चर्को विरोध भएपछि मन्त्रालय विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । 
चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्न नदिन सरकार सचेत रहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । 
विज्ञप्ती जारी गर्दै आचार्यले चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षण नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको बताए । 
चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
सँगै मन्त्रालयले सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ, सरोकारवालासँग छलफल गरेर प्राप्त सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड बनाएर अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर