नेभिगेसन मेनु

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : व्यवसायी महासङ्घ
समय:2021-06-01 04:10

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८ र ७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताए । “बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भने ।

कोभिड–१९ ले प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायीलाई आगामी आवमा तिनुपर्ने नवीकरण, इजाजत दस्तुर हटाउने, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराउने, ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय बजेटका सकारात्मक पक्ष भएको महासङ्घले जनाएको छ । कोभिडबाट बढी प्रभावित २९ लाख लघु, घरेलु एवं साना व्यवसायीको नवीकरण शुल्क मिनाहादेखि आयकरमा समेत छुट दिनु राम्रो पक्ष भएको बताइएको छ । 

महासङ्घले आगामी आवका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि बजेटमा भएका व्यवस्थालाई थप सहजीकरण गरी कोभिड–१९ ले सबै प्रकारका उद्योग व्यवसायलाई सम्बोधन गर्नुपर्ने मागसमेत गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर