नेभिगेसन मेनु

भत्ता वृद्धि भएसँगै वृद्धवृद्धामा छायो खुशी
समय:2021-05-30 03:53

सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै हुनुहुन्थ्यो दोर्दी गाउँपालिका–३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८(७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उनको चाउरी परेको अनुहारमा खुशीको भाव पोखियो ।

वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आएकी उनले अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग भइन् । मनमायाले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई सहज हुने भन्दै सरकार सधैँ यसरी ज्येष्ठ नागरिकको सहारा बन्नुपर्ने बताए । 

त्यस्तै मध्यनेपाल नगरपालिका–३ सूर्यपालका ७४ वर्षीय मनबहादुर गोतामे र ६४ वर्षीया चिजामाया गोतामे पनि रेडियोबाट बजेट भाषण सुनिरहनुभएको थियो । उनीहरुसमेत सरकारले बढाएको वृद्धाभत्ताबाट खुशी भए । मनबहादुरले भने, “पहिला–पहिला धेरै कम वृद्धाभत्ता हुने गरेको थियो, अहिले त वृद्धि हुँदै रु चार हजार पुगिसक्यो, सबै ज्येष्ठ नागरिक खुशी हुनुपर्छ ।” उनीहरु मात्र होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिक वृद्धभत्तामा भएको वृद्धिले खुशी भएका छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरु हर्षित भएका छन् । 

विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा रु १०० बाट शुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट रु चार हजार पुगेको छ । बेँसीशहर–११ चितीका ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष रुद्रनिधि तिवारीले वृद्धभत्ताले नुन, तेल, चामल खान पुग्ने बताए।

उनले भने, “हुन त सरकारले जति बढाए पनि पुग्दैन तर सन्तुष्ट मान्ने हो भने यतिका रकम राम्रै हो ।” त्यस्तै ज्येष्ठ नागरिक सङ्घ लमजुङका कोषाध्याक्ष हरिप्रसाद अधिकारीले भने, “सरकारले वृद्धाभत्ता बढाएको छ, यो राम्रै हो । दुःख पाएका र कम आयस्तरका ज्येष्ठ नागरिकलाई त धेरै सहयोग पुग्छ ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर