
सरकारले आगमी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । अध्यादेशबाट आउने बजेट भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।
शनिबार ४ बजे प्रधानमन्त्री निवासबाट उनले भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जानाएको छ।
प्रधानमन्त्री निवासमा भने प्रधानमन्त्रीसहित मन्त्रीहरु रहनेछन्। यसबाहेक सरोकारवालाहरु र सीमित पत्रकारलाई प्रवेश दिइने भएको छ।
साथै बजेटअघि सार्वजनिक गर्नुपर्ने आर्थिक सर्वेक्षण भने शुक्रबार नै सार्वजनिक गरिने भएको छ।