
नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार रातिबाट लागू हुनेगरि पेट्रोल, डिजेल/मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्य बढेको हो । नेपाल आयत निगमका अनुसार सबै पदार्थमा प्रतिलिटर २ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै पेट्रोललाई १२३, डिजेल/मट्टितेललाई १०६ र हवाई इन्धनलाई ७८ प्रतिलिटर तिर्नुपर्ने छ ।
निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको जनाएको छ ।
मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।
