
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १७ जेठ (३१ मे २०२१) सम्म अन्तर्राष्ट्रिय उडान लम्बिएको जनाएको हो ।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिवन्ध लम्ब्याएर सरकारले १७ जेठमा पुर्याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।
