
साताको कारोबारको पहिलो दिन आइतबार नेप्से घटेको छ । नेप्से दोहोरो अंकले घटेर २६१८।५६ विन्दुमा रोकिएको छ । आज १ करोड २७ लाख २८ हजार १२५ कित्ताको किनबेच हुँदा नेप्से ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रूपैयाँ बराबरको कारोबार भयो ।
सबैभन्दा बढी कारोबार एनसीसी बैंकले गरेको छ । जसले २८ करोड बराबर कमाएको छ ।
कुमारी बैंक लिमिटेडको पनि २८ करोड बराबरको नै कारोबार भएको छ ।आज समता लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ । आज सबै उप समूहका परिसूचक रातो लागेका छन् ।