
शुक्रबार सुनको मूल्यमा एकैदिन १ हजार १ सयले वृद्धि भएको छ। बिहीबार सुन तोलाको ९० हजार ६ सय कायम भएको थियो। आज तोलामा ११ सयले बढ्दै प्रतितोला ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको छ।