
आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ । बैठकले केही अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।
ती मन्त्रिका अनुसार भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको हो । आन्तरिक उडान भोलि मध्यरातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ। राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई अनुमति दिइने निर्णय भएको छ ।