
`नेपालमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आज एक सय रुपैयाँले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ। यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ५०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदीको भाउ एक हजार २९५ रुपैयाँ छ।