नेभिगेसन मेनु

ब्रोइलर कुखुराको मासुको मूल्य घट्यो, कति पुग्यो ?
समय:2021-04-30 03:54

ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेको हो । तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । ‘आजसम्म जिउँदो ब्रोइलरको कोल्ड स्टोर मूल्य २९० थियो । भोलिबाट २७० रुपैयाँ हुन्छ,’ सचिव गिरी भन्छन् ‘अब तयारी मासुको मूल्य ३८० रुपैयाँ हाराहारी कायम हुनेछ ।’

जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घट्दा तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ गिरावट आउने पनि सचिव गिरीले बताए । अहिले बजारमा ४१५ रुपैयाँ किलोमा तयारी ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले नै घटेर २९० रुपैयाँ आइपुगेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर