
४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सूरुङमा पानी खसाल्ने काम सुरू भएको छ । सूरुङमा पानी खसाल्ने कामको सुभारम्भ सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङ गरे ।
सुभारम्भपछि बोल्दै मन्त्री गुरुङले भने, ‘नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण हो ।’
सो आयाजनाको प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री ओलीले केहीदिनभित्र नै आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्नेछन् ।
