एस् ए टी भी ११ माघ, काठमाडौं: चिनियाँ नयाँ वर्षको उपलक्षमा काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट र मोडर्न इङ्ग्लिस माध्यमिक विद्यालय भक्तपुरको आयोजनामा सांस्कृतिक प्रदर्शनी तथा कन्फ्युसियस कक्षाकोठा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल स्थित चिनियाँ कलाकर्मी, चिनियाँ भाषा पढी रहेका विद्यार्थी तथा शिक्षकहरुले विभिन्न प्रस्तुति पेस गरेका थिए।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका निर्देशक डा. ली शुवाङ छङले भाषा,संस्कृति तथा कलाको आदान प्रदानले गर्दा चीन नेपाल सम्बन्ध अझै बलियो भएको बताएका थिए ।
बागमती प्रदेश सभा सांसद सुरेन्द्र गोसाईंले चीनले ल्याएको बेल्ट एण्ड रोड इनिसियटिभ,बिआरआई जस्ता योजनाहरूले नेपालको विकासमा सहयोग पुर्याउने बताए । गोसाईंले पढाई संगसगै चिनियाँ भाषालाई पनि सिक्दै र हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिँदै चिनियाँ नयाँ वर्षको शुभकामना दिए ।
कार्यक्रममा वज्र एकेडेमी,ख्वप मा. वि.,काठमाण्डौं विश्वविद्यालय,मोडर्न इङ्ग्लिस मा. वि. तथा अन्य विद्यालयहरूले नृत्य कला र शाओलिन मार्सल आर्ट्स प्रदर्शन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा मोडर्न स्कुल तथा कलेजका प्रधानाध्यापक अनिल कशपालले भाषा,संस्कृति, कला तथा सभ्यताको आदान प्रदानले देश विदेशमा प्रख्याति कमाउन मद्दत मिल्ने बताएका थिए। साथै चिनियाँ नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो ।