नेभिगेसन मेनु

चिनियाँ नयाँ वर्षको उपलक्षमा नयाँ वर्ष परेड काठमाडौंमा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-01-19 15:32

THAMEL PARADE 1

एस् ए टी भी ०६ माघ, काठमाडौंः चिनियाँ नयाँ वर्ष मनाउने क्रमको दोस्रो दिन आज काठमाडौँको ठमेलमा चिनियाँ नयाँ वर्ष परेड सम्पन्न भएको छ। चिनियाँ चन्द्र पात्रो अनुसार मनाइने नयाँ वर्ष आगामी जनवरी २९ तारिखको दिन पर्न गएको छ।   

thamel parade 3

ठमेलमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूबाट सुरु भएको कार्यक्रम नेपाली परम्परागत तामाङ सेलो, अन्य नेवारी नृत्य तथा चिनियाँ आदिवासी नृत्य, ड्र्यागन नाच तथा सिंह नाच देखाइएको थियो।  

Thamel parade 10

प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगर, नेपाल स्थित चिनियाँ राजदूत छन् सोङ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा परेड ठमेल स्वप्न बगैँचा छेवैबाट सुरु भएर विभिन्न स्थान पुगेर पुनः सोही ठाउँमा पुगेर समाप्त भएको थियो।

Thamel parade 7

परेड पूर्व भएको कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले सम्पूर्ण चिनियाँ तथा नेपाली जसले आगामी माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्ष मनाऊँने गर्दछन्, उनीहरू तथा अन्य सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिँदै नेपाल पर्यटन वर्षको पनि शुभकामना व्यक्त गरे।उनले नेपाल चीन सम्बन्ध सधैँ सुमधुर रहने आशा व्यक्त गर्दै नेपालका प्रधानमन्त्रीको चीन भ्रमण सम्झँदै उक्त भ्रमणकै सम्झौता अनुरूप नेपाल पर्यटन वर्ष २०२५ लाई सफलता पूर्वक सम्पन्न गर्न चीन हर प्रकारका प्रयास गर्न तयार रहेको पनि बताए।

Thamel parade 9

प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले नेपाल तथा चीनको धेरै लामो र हिमाल जत्तिकै अटल मैत्री सम्बन्ध रहेको कुरा बताउँदै चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गरिन्। आफू २ पटक चीन गएको सम्झँदै उनले, त्यहाँको रहनसहन, कला संस्कृतिसँग मोहित भएको बताइन्। दुई देश बिच उच्चस्तरीय भेटवार्ता समय समयमा भइरहने भएकाले सम्बन्ध अझै दिगो हुनेमा उनको अपेक्षा थियो। नेपालले हरेक क्षेत्रमा चीनको सहयोग तथा विश्वास जित्न सकेको खण्डमा नेपालको विकास धेरै टाढा नरहेको उनको विश्वास थियो।

program schedule

चिनियाँ नयाँ वर्षको विभिन्न कार्यक्रम शृङ्खलाको रूपमा हिजो भक्तपुरमा उद्घाटन समारोह सम्पन्न भएको थियो भने आज ठमेलमा परेड सम्पन्न भयो। त्यस्तै अन्य गतिविधिहरू क्रमै सङ्ग फेब्रुअरी महिनाको २० तारिख सम्म हुने आयोजकले जनाएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर