एस् ए टी भी १२ पौष, पोखराः नेपालको साहसिक पर्यटनलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ पर्यटकीय राजधानी पोखरामा पहिलो अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिका बिच आयोजना भइरहेको छ।
नव वर्ष २०२५ को अवसर पारेर डिसेम्बर २४ देखि सुरु भएको फेस्टिभल नौ दिन सम्म चल्ने आयोजकले बताएका छन्। पोखराको पामे क्षेत्रमा भइरहेको यस फेस्टिभलमा विभिन्न देशका २० भन्दा बढी अन्तर्राष्ट्रिय पाइलट तथा बेलुन कम्पनीहरूको सहभागिता छ।
दैनिक हट एयर बेलुन उडानबाट पर्यटकहरूले नजिकैका माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण लगायतका हिमाल तथा प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गरिरहेका छन्।
विभिन्न देशबाट आएका बेलुन पाइलटहरूले अत्यन्तै लोभलाग्दो तथा मनमोहक दृश्य देख्न पाएको भन्दै देश तथा विदेशबाट आई लुप्त उठाउन आग्रह गरे। यस फेस्टिभलले कोभिड पछि जुरमुराउन थालेको पर्यटन व्यवसाय फस्टाउनमा सहयोग गर्ने आयोजकले विश्वास लिएका छन्।