नेभिगेसन मेनु

नेपालका लागि "गाउँ उज्यालो बनाऊँ" परियोजना प्रारम्भ
सम्पादक:南亚网络电视
समय:2024-11-26 17:40

1

एस ए टि भी,  काठमाडौँ। "सकारात्मक सम्बन्धको संगम : सिमाले नछेकेको दया " - नेपालका लागि "गाउँ उज्यालो बनाऊँ" परियोजनाको लागि सौर्य बत्ती दान कार्यक्रम काठमाण्डौंमा पत्रकार सम्मेलन मार्फत  प्रारम्भ भएको छ।

मङ्गलवार सम्पन्न कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका काउन्सिलर सी वाङ, छोङ्छिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउण्डेसनका महा सचिव यिन लियाङ, रोशि गाउँपालिका अध्यक्ष दिनेश लामा, छोङ्छिङ ह्वायान गुम्बा मास्टर ताओ चिआन, रोशि गाउँपालिका वार्ड नं ११ अध्यक्ष लाल बहादुर पाख्रिन,"गाउँ उज्यालो बनाऊँ" परियोजनाका प्रतिनिधि मान बहादुर तामाङ,रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र पत्रिकाका सम्पादक तथा सम्वाददाताहरूको उपस्थिति थियो।

रोशि गाउँपालिका वार्ड नं ११ का मिन्डुपा र सिम गाउँ जो वर्षौँ देखि बिजुलीको अभावमा अन्धकारमा गुज्रिरहेका थिए। ती गाउँका बासिन्दाहरूलाई "गाउँ उज्यालो बनाऊँ" परियोजना व्यवस्थापक मान बहादुर तामाङ स्वयम् उपस्थित भएर छोङछिङ ह्वायान टेम्पलको तर्फबाट सोलार बत्ती बाँडेका थिए।

5

कार्यक्रममा चीनको छोङछिङ सहरको ह्वायान सांस्कृतिक र शैक्षिक फाउण्डेसनका सचिव श्री यिन लिआङ ले परियोजनाको उद्देश्य र गहनता प्रस्ट पार्दै , यस परियोजनालाई अझै परिष्कृत गर्दै अन्य थुप्रै आवश्यक ठाउँहरूमा पुगेर सहयोग गर्ने आश्वासन जाहेर गरे।

चीनको छोङछिङ ह्वायान गुम्बाका गुरु दाओ चियान ले भिडियो सन्देश जारी गर्दै यस परियोजनालाई समर्थन तथा आशीर्वाद प्रस्तुत गरेका थिए। उक्त भिडियो सन्देशमा उनले नेपालका दुर्गम गाउँमा बत्तीको पहुँच नपुगेका घरमा उज्यालो छर्न पाएकोमा खुसी पनि व्यक्त गरे।

3

कार्यक्रममा बोल्ने क्रममा परियोजनाका व्यवस्थापक मान बहादुर तामाङले आफैँ उक्त स्थान सम्म पुगेर आएकोमा त्यहाँको दयनीय अवस्थाको वर्णन गर्दै यो सहयोगले गाउँमा धेरै सकारात्मक परिवर्तन ल्याएको बताए।

2

छोङ्छिङ ह्युवायन गुम्बा मास्टर द आन ले आफ्नो मन्तव्य मार्फत भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन, र संकटमा परेकाहरूलाई सहयोग गर्न निरन्तर काम गर्ने कुरा उल्लेख गरे। साथै आफुँ पहिलो पटक नेपाल आएको र यहाँको माहोल र मानिसहरू एकदमै राम्रो लागेको पनि उनले बताए।

उक्त सोलार बत्ती वितरण क्यामेरामा कैद गरेर वृत्तचित्र पनि पत्रकार सम्मेलनमा देखाइएको थियो।

4

रोशि गाउँपालिका अध्यक्ष दिनेश लामाले सहयोगको लागि आभार प्रकट गर्दै , पछिल्लो बाढीले आफ्नो पालिकामा गरेको असर पनि साझा गरेका थिए। उक्त घटनाबाट माथि उठ्न हम्मे हम्मे परिरहेको अवस्था कोट्याउँदै अन्य सहयोगको पनि अपेक्षा राखेको पालिका अध्यक्षले बताए।

साथै रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका कि उपाध्यक्ष चण्डिका तामाङले आफ्नो क्षेत्रमा उक्त संस्थाले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गरिन्।

6

परियोजनाबाट लाभान्वित स्थानीयहरूले संस्थाले अन्धकारबाट उज्यालो तर्फ ल्याउन सहयोग गरेकोमा नतमस्तक रहेको बताएका थिए। अहिले सम्म राष्ट्रिय लाइनबाट बिजुली जोड्न असमर्थ भएको हुँदा परेको अप्ठ्यारो केही हद सम्म सहज भएकोमा उनीहरू निकै खुसी देखिन्थे।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर सी वाङले नेपालका कुना कुनामा पुगेर यस्ता सहयोग गर्न पाउँदा अत्यन्तै गौरव महसुस गरेको बताए। यी र यस्ता कार्यक्रम सङ्ग सङ्गै बि आर आइ परियोजना मार्फत अन्य थुप्रै सहयोग गरेर नेपाललाई अति कम विकसित राष्ट्र बाट विकासशील राष्ट्रमा पुर्याउन सहयोग गर्न आतुर रहेको बताए। यसले नेपाल तथा चीनको सम्बन्धलाई अझ गाढा र दिगो बनाउन मदत गर्नेमा पनि जोड दिए।

"गाउँ उज्यालो बनाऊँ" परियोजनाको कार्यान्वयनले नेपालका गाउँहरूमा उज्यालो मात्र ल्याएको छैन, आशाको ज्योति पनि बालेको छ, र यसले दया र मायाले जस्तोसुकै सिमाना पनि पार गर्न सक्छ भन्ने भावलाई पनि प्रमाणित गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर