नेभिगेसन मेनु

मुसहरको सामूहिक जीवन बिमा
सम्पादक:南亚网络电视
समय:2024-03-19 12:28

Untitled-1

चैत ६ गते ।  बर्दीबास नगरपालिकाले नगर क्षेत्रमा रहेका अतिविपन्न मुसहर समुदायको भलाई र सुरक्षित भविष्यका लागि सामूहिक जीवन बिमा सुरु गरेको छ । यसको सुरुवात वडा नं. १४ स्थित नमुना मुसहर बस्तीबाट गरिएको हो । 

नगरपालिकाले नमुना बस्तीमा बसोबास गर्ने १८ देखि ६९ वर्ष उमेर समूहका मुसहर जातिको प्रतिव्यक्ति एक लाख रुपियाँका दरले जीवन बिमा गरिदिएको हो । ६७ महिलासहित १०८ जना मुसहरको ‘सामूहिक म्यादी जीवन बिमा’ गरेको नगरपालिकाले जनाएको छ । बिमाका लागि आवश्यक सम्पूर्ण रकम नगरपालिकाले बेहोरेको छ । 

मुसहर नमुना बस्तीमा सोमबार नगर प्रमुख प्रह्लाद क्षेत्रीले सामूहिक जीवन बिमालाई युगान्तकारी कदम भएको बताउनुभयो । उहाँले मुसहर समुदायको सुनिश्चित भविष्यको उद्देश्यले तीन वर्षे जीवन बिमा गर्ने बर्दीबास मुलुकमै पहिलोे नगरपालिका भएको दाबी गर्नुभयो । नगर क्षेत्रका तीन वटै वडामा बसोबास गर्ने करिब सात सय मुसहर परिवारको व्रmमिक रूपले बिमा गर्दै जाने नगरपालिकाको योजना रहेको क्षेत्रीले जानकारी दिनुभयो । 

क्षेत्रीले भन्नुभयो, “पिछडिएका र चरम गरिबीको रेखामुनि रहेका मुसहर समुदायको सुनिश्चित भविष्य र आर्थिक सुरक्षाका लागि युगान्तकारी परिवर्तन ल्याउने विश्वासका साथ सामूहिक जीवन बिमालाई कार्यान्वयनमा ल्याएका हौैँ । बिमामा आबद्ध व्यक्तिको जुनसुकै कारणले मृत्यु भए पनि उसको परिवारले एक लाख रुपियाँ प्राप्त गर्ने सुनिश्चित गरिएको छ ।”

वडा नं. १४ का वडाध्यक्ष विजय महतोले नगरपालिकाको कार्यादेशपछि लिवर्टी माइव्रmो लाइफ इन्स्योरेन्स लिमिटेडसँग तीन वर्षे अवधिको सामूहिक जीवन बिमा गरेको बताउनुभयो । यो सुविधामा सबैैलाई व्रmमिक रूपले समेट्दै जाने नगरपालिकाको लक्ष्य रहेको उहाँको भनाइ थियो । उहाँले वडा नं. १४ पछि वडा नं. १० र १२ मा बसोबास गर्ने मुसहर समुदायमा पनि यो बिमा योजना कार्यान्वयन गरिने बताउनुभयो । 

नमुना मुसहर बस्तीका मुखिया बिल्टु सदाले यस्तो योजना आफ्नो समुदायका लागि ठुलो उपहार भएको प्रतिव्रिmया दिनुभयो । नगरपालिकाको यस्तो कार्यले नगरप्रतिको विश्वास र भरोसा बढाएको उहाँले बताउनुभयो ।  नमुना मुसहर बस्तीमा स्नातक गरेका एक मात्र युवा मन्जय सदाले बिमा सुविधा मुसहर समुदायको आश्रित परिवारका लागि वरदान साबित हुने धारणा राख्नुभयो । 

उहाँका अनुसार यस समुदायमा मृत्यु दर अत्यधिक छ । असन्तुलित रहनसहनका कारण मुसहर समुदायको सरदर उमेर ३५ देखि ४० वर्षमा सीमित छ । मृतकका सन्ततीले १०÷१२ वर्षकै उमेरमा अभिभावक गुमाएका हुन्छन् । अभिभावकविहीन ती नाबालक बालश्रम गर्न र अपहेलित जीवन बिताउन बाध्य हुन्छन् । कतिपय आश्रितको उपचार अभाव, कुपोषण, रोग, भोक र अपहेलनाले मृत्युसमेत हुने गरेको घटनाव्रmम सदाले सुनाउनुभयो । 

मन्जयले भन्नुभयो, “यो बिमा सुविधाले मुसहरको मृत्यु दरमा त कमी ल्याउन नसक्ला तर अबोध आश्रितलाई भने यसबापत प्राप्त हुने रकमले टेवा, भरोसा र दिशा निर्देश गर्न सक्छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर