नेभिगेसन मेनु

नयाँ बसपार्क निर्माणमा ढिलाइ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-22 12:55

tansen-buspark-palpa-(1) (1)

फागुन १० गते । जिल्ला सदरमुकाम तानसेनको नयाँ बसपार्क निर्माणमा ढिलाइ भएको छ । १० महिनाअघि तानसेनस्थित वनदेवीमा बसपार्क बनाउन सुरु गरिए पनि निर्माणको कामले गति लिन सकेको छैन । 

नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोग र नगरपालिकाको ३० प्रतिशत आफ्नै स्रोतमा वनदेवीमा नयाँ बसपार्क बनाउन सुरु गरिए पनि काममा ढिलाइ भएको छ । नयाँ बसपार्क निर्माणका लागि १८ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको छ । यद्यपि ठेक्का सम्झौता भएको १० महिनामा २० प्रतिशत मात्र काम भएको नगरपालिकाले जनाएको छ । २२ महिनाभित्र नयाँ बसपार्क निर्माणको काम सक्ने गरी २०८० वैशाख ७ गते स्वयम्भू–रेडअर्थ–हमाल जेभीसँग सम्झौता भएको थियो तर एक वर्षको अवधिमा जति काम हुनुपर्ने हो त्यति काम हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । 

नयाँ बसपार्क बनाउने कामले अबदेखि गति लिने तानसेन नगरपालिकाले दाबी गरेको छ । हाल बसपार्कको पर्खाल बनाउने कार्य भइरहेको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “बसपार्क निर्माणको कुल काममध्ये ७० प्रतिशत काम पर्खाल बनाउने रहेको छ । पर्खाल बनाउने काम जग्गाका कारणले रुपन्देहीको मणिग्राममा भइरहेको छ ।” पर्खाल बनाउने काम सकिएपछि कामले गति लिने श्रेष्ठले दाबी गर्नुभयो । वनदेवीमा जग्गा सम्याउने कामको समेत थालनी भएको छ । वनदेवीमा बसपार्क बनाउन चार वर्षअघि एक सय रोपनी जग्गा व्यवस्थाको प्रक्रिया अघि बढेको थियो । वनदेवीमा बन्ने नयाँ बसपार्कमा साना तथा ठुला सवारीसाधन पार्किङ गर्न सकिने टर्मिनल, सवारीसाधन निर्माण गर्ने ग्यारेज, यात्रुका लागि आवश्यक सहायता कक्ष, यातायात व्यवसायी कम्पनीका कार्यालय राख्ने योजना रहेको छ । 

बसपार्कमा आएका यात्रुलाई सहज रूपमा सेवा दिने गरी विभिन्न खालका पसलसमेत बसपार्कमा सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । नगरपालिकाले बनाएको बसपार्कमा सटरसमेत निर्माण गरेर नगरपालिकाले भाडामा लगाउने योजना बनाएको उहाँले बताउनुभयो । 

तानसेनमा २०३२ सालमा निर्माण भएको बसपार्क साँघुरो भएका कारण हाल सवारीसाधन पार्किङ गर्न समस्या छ । पुरानो बसपार्कमा सवारीसाधन पार्किङ गर्न समस्या भएपछि तानसेनको टुँडिखेल, हुलाकचोक, नारायणस्थान, विशालबजारलगायतका स्थानमा पार्किङ स्थल बनाइएको छ । पाल्पाका ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले त्यसले तानसेन बजारको पार्किङ व्यवस्थित हुन नसकेको र ट्राफिक समस्या भइरहेको बताउनुभयो । उहाँले बसपार्क सानो हुँदा सवारीसाधन जहाँतहीँ पार्किङ गर्ने समस्याले सडक जाम हुने, दुर्घटना हुने जस्ता समस्या बढेको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर