नेभिगेसन मेनु

प्राचीन तिलौराकोटमा उत्खनन सुरु
सम्पादक:南亚网络电视
समय:2024-01-23 16:53

ण

तौलिहवा, माघ ९ गते । राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु भएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोष र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता छ । 

उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवाली र लुम्बिनी विकास कोषका पुरातत्व शाखा प्रमुख हिमाल उप्रेतीलगायतको सहभागितामा उत्खनन कार्य अघि बढेको हो । 

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कार ज्ञवालीका अनुसार यसअघि उत्खनन गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको र बाँकी उत्खननले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने बताउनुभयो । उहाँले तिलौराकोट क्षेत्रमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय संरचना परिसर र पूर्वी विहार क्षेत्रमा उत्खनन भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा उत्खनन गर्दा पाएको विभिन्न चरणमा पाएका संरचनाहरु रहेको र ती संरचनाहरुको विस्तृत अध्ययनका लागि उत्खनन गरिँदै छ ।” त्यस्तै, पूर्वी विहार क्षेत्रमा विगतका वर्षमा गरिएको उत्खननबाट केही विहार, पोखरीहरु भेटिएको र ती भेटिएको संरचनाहरुको विस्तृत अध्ययन अनुसन्धानका लागि उत्खनन हुन लागेको ज्ञवालीको भनाइ छ । 

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीका अनुसार विगतका वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी गेट, मौर्याकालीन पोखरी, समयमाई मन्दिर पछाडी, शिवगढ, कन्थक स्तुप लगायतको क्षेत्रमा उत्खनन भइसकेको बताउनुभयो । उत्खनन कार्य माघ २६ गते अर्थात् फेब्रुअरी ९ सम्म चल्नेछ ।

युनेस्कोको विश्व सम्पदा केन्द्रमा तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारका तर्फबाट पेस गर्नुपर्ने मनोनयन दस्तावेजमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीद्वारा हस्ताक्षर भइसकेको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञनिन राईले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर