नेभिगेसन मेनु

रानीमहल जाने बाटो ढलान गरिँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-21 12:25

ranimahal-bato-bandai-palpa

फागुन ९ गते । पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने बाटोको ढलान कार्य तीव्र पारिएको छ । सो बाटोको वैकुण्ठभिर क्षेत्रमा ढलान गरिएको छ । 

यस क्षेत्रमा बाटो बिग्रिएर यात्रा गर्न जोखिमयुक्त बनेको थियो । बिग्रिएको बाटोलाई सुधार गर्न लुम्बिनी प्रदेश सरकारको लगानीमा ढलान गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । रानीमहलनजिकै सडकको ढलान उप्किएर खाल्डो परेको थियो भने कतिपय स्थानमा छड बाहिर निस्किएको थियो । सडक बिग्रिएका कारण सो क्षेत्रमा साना तथा ठुला सवारीसाधन गुडाउन अप्ठ्यारो रहेको थियो । 

चालु आव २०८०/८१ मा २५० मिटर सडक ढलान गर्न प्रदेश सरकारले ४० रुपियाँ बजेट विनियोजन गरेको हो । सोही बजेटबाट ठेक्का गरी अहिले सडक निर्माणको काम भइरहेको कार्यालय प्रमुख वासुदेव भण्डारीले जानकारी दिनुभयो । रानीमहल जाने बाटो ४८ दिनका लागि बन्द गरेर सडक निर्माणको काम गरिएको उहाँले बताउनुभयो । अब नाली र रिटेनिङ वाल बनाउने काम बाँकी छ । बिग्रिएको सडक निर्माणको अन्तिम चरणमा रहेको र अबको केही दिनमा नै सडक खुलाउने कार्यालयले जनाएको छ । गत माघ १७ देखि रानीमहल जाने सडक बन्द भएपछि रानीमहल क्षेत्र सुनसान बनेको छ । यो वर्ष फागुन २ गते (प्रेमदिवस) का दिनसमेत रानीमहलमा पुग्ने पर्यटक शून्य बनेको स्थानीय बासिन्दाले बताएका छन् । 

दुई वर्षअघि तानसेनदेखि रानीमहलसम्म सडक कालोपत्रे बनेपछि रानीमहल पुग्ने दैनिक पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो एक वर्षको अवधिमा रानीमहलमा दैनिक एक हजार पर्यटक जाने गरेको तानसेन नगरपालिकामा तथ्याङ्क छ । रानीमहलमा पुग्ने पर्यटक बढेपछि नगरपालिकाको आम्दानीसमेत तीन गुणाले वृद्धि भएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर