नेभिगेसन मेनु

शिक्षा सुधारका लागि विशेष रणनीति कार्यान्वयन गर्दै डुडुवा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-07 12:35

duduwa-adhaksya-chaudhary

माघ २४ गते । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।

पालिकाअन्तर्गतका विद्यालयहरुको गुणस्तरीयता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरणमा पालिकाअन्तर्गत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी सुरु गरिएको छ ।

यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा सुरु गर्ने पालिका अध्यक्ष चौधरीले बताउनुभयो । त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको काम सुरु गरिएको छ । अहिले समिति निमार्ण गरी कार्य प्रारम्भ भएको छ ।

डुडुवाले छात्रा विद्यालय सञ्चालन गर्न लागेको छ । डुडुवा–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृति पाएकाले अब पढाई सुरु गरिने छ । विद्यालय सञ्चालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भइरहेको छ । मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ्m्ना बालिकाहरुलाई प्रायः विद्यालय नपठाउने गर्नाले छात्राहरुको छुट्टै विद्यालय सञ्चालन गर्ने योजना अनुरुप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

डुडुवा गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण सुरु गरेको छ । सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भइरहेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी विद्यालयमा जान्छौं, शिक्षकले विद्यार्थीहरुलाई विषयगत शिक्षा पढाइरहेको बेला शिक्षकको कार्यक्षमता र सिकाईमूलक सिपलगायतका बारेमा मूल्याङ्कन गरेका छौं । त्यस क्रममा विद्यार्थीहरुको समेत हामीले टेस्ट गरेका छौं ।’’ उहाँले भन्नुभयो, ‘‘अनुगमनबाट देखिएको समस्यालाई समाधानका लागि कार्ययोजना निमार्ण गर्छौं र सोही बमोजिम सुधार गर्नेछौं ।’’

कक्षा अवलोकन पश्चात विशेष गरी शिक्षकले विद्यार्थीहरुलाई आधारभूत सामान्य जानकारी नगराएको, शिक्षकले विषयगत ज्ञानको बारेमा पढाए पनि बालबालिकाको सिकाइमा कमि लगायतका समस्या देखिएको शाखा प्रमुख कर्णले बताउनुभयो ।

विद्यालयको अवलोकन तथा अनुगमन पश्चात समग्र अवस्थाको बारेमा सुधार गर्न विशेष पहल गरिनेछ । डुडुवामा माध्यमिक विद्यालय ७ वटा, आधारभूत विद्यालय ९ वटा, मदरसा १८ वटा, गुरुकुल १ वटा र ७५ वटा बालविकास केन्द्रहरु रहेका छन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर