नेभिगेसन मेनु

पुस्तक बिक्री गरेर कारखाना चलाउने धोको
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-04 12:49

Photo--Dr

माघ २१ गते ।  वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आर्थिक सङ्कलनका लागि आफ्नो पुस्तक बिक्री गर्ने क्रममा बैतडी आइपुग्नुभएको छ ।

सामान्य परिवारमा जन्मेका पुनको जीवनगाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला हुँदै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष्य अनुरूप उहाँ मेची–महाकाली महाअभियान हुनुहुन्छ । 

उहाँले यो अभियानका क्रममा ३४ हजार पुस्तक बिक्री भइसकेको जानकारी दिनुभयो । पुस्तक बिक्रीबापत आएको पैसा उहाँले कृषि औजार कारखाना सञ्चालनमा लगानी गर्ने बताउनुभयो । सो कारखाना सञ्चालन गर्न पुनको टोली सक्रिय रूपमा लागिपरेको छ । 

“काठमाडौँबाट दुई हजार दुई सय किलोमिटर यात्रा गरेर १९ औँ जिल्लाका रूपमा बैतडी पुगियो,”  पुनले भन्नुभयो, “ पुस्तक बिक्री गर्दै हिँड्दाको यात्रा निकै रमाइलोमय भयो । सबैले माया गरेर १२ हजार पुस्तक किनिदिनुभएकामा धन्यवाद छ ।” 

कतिपयले होटलमा बास बसेको र खाएको पैसासमेत नलिएको कुरा उहाँले सुनाउनुभयो । “पुस्तक बिक्री गरेबापतको दुई करोड ५५ लाख रुपियाँ चोखो बचेको छ,”  पुनले भन्नुभयो, “मनकारी नेपाली सधैँ राम्रो कामको पक्षमा हुन्छन् ।”

उहाँले अगाडि भन्नुभयो, “कृषि औजार कारखाना सञ्चालनका लागि पुस्तक बिक्री गर्दै २६ दिनमा यहाँ पुगियो ।” कृषि औजार कारखाना सञ्चालनका लागि पैसा अत्यावश्यक भएकाले हात हात किताब बिक्री गर्दै हिँड्नु परेको उहाँले सुनाउनुभयो । कृषि औजार कारखाना सञ्चालनमा ल्याई नेपालका ग्रामीण क्षेत्रका किसानको हातमा कृषि औजार पठाउने लक्ष्य उहाँको छ । चीन र भारतबाट जे जति मात्रामा अहिले कृषि औजार आयात भइरहेको छ, त्यसको १० प्रतिशत स्वदेशमै उत्पादन गर्न सकिने दाबी उहाँको छ । 

कृषि औजारमा राज्यको ठुलो पुँजी विदेशमा गइरहेकाले यसलाई रोक्न कारखाना सञ्चालन गर्नु अनिवार्य भएको कुरा उहाँले स्मरण गराउनुभयो । व्यक्तिगत लाभका लागि नभई राष्ट्र र कृषकका लागि कृषि औजार कारखाना सञ्चालन जरुरी भएको छ । हालसम्म ३४ हजार पुस्तक बिक्री गरेर दुई करोड ५५ लाख रुपियाँ प्राप्त भइसकेको विवरणसमेत सार्वजनिक गर्नुभयो । पुनले बैतडीका सञ्चालन भइरहेको कपडा बैङ्कलाई केही थान कपडासमेत प्रदान गर्नुभएको छ । 

उहाँले पुस्तक बिक्री गर्न विभिन्न जिल्ला पुग्दा समर्थकले स्वागतका लागि ओढाएको सल कपडा बैङ्कलाई प्रदान गर्नुभएको छ । उहाँ अछाम, डोटी, बैतडी हुँदै कञ्चनपुर जाने तयारीमा हुनुहुन्छ । पुनको सामाजिक कार्यलाई स्थानीय जिल्लावासीले खुलेर सहयोग गरेका छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर