नेभिगेसन मेनु

थारु गाउँमा भलमन्सा (बरघर) चयन गर्ने काम सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-17 15:42

News-2222

माघ २ गते । कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो । 

यो समुदायमा गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने चलन रहेको छ । माघ २ गतेबाट माघ महिनाभरि नै भलमन्सा चयनको काम हुने गर्दछ । भलमन्सा (बरघर) आजबाट थारु समुदायमा भलमन्सा चयनको कार्य सुरु भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव थारुले बताउनुभयो । 

उहाँका अनुसार कतिपय गाउँमा माघ २ गते नै भलमन्सा चयन गर्ने काम भएको छ । भलमन्सा थारु समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरीका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्मका लागि एक वर्षको रहने गर्दछ । 

भलमन्सासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँबासीमा रहने गर्दछ । तर काम चित्त नबुझेमा गाउँबासीमध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ । 

भलमन्सा बन्ने मौका जान्नेबुझ्नेलाई मात्र नभई गाउँका सबै व्यक्तिलाई रहने गर्दछ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् । भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफललगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । 

गाउँमा भलमन्सासहित अघरिया (सहायक भलमन्सा), सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ । अघरिया भलमन्साको सहायक हुन् । सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । यसैगरी, चौकीदारको भूमिका सन्देशबाहकको रूपमा रहने गर्दछ । चौकीदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् । 

यस्तै, गाउँमा फलाम कुटपिट गर्ने कामको लागि लोहार राख्ने चलन छ । चौकीदार र लोहारले पारिश्रमिक पाउने गरे पनि भलमन्सा, अघरिया, सचिवले निःशुल्क रूपमा काम गर्ने चलन रहेको छ ।

यसैबिच, धनगढी उपमहानगरपालिका–५ को भलमन्सामा पुनः कुलवीर चौधरी चयन हुनुभएको छ । आज भएको सो गाउँको खोज्नीबोज्नीले उहाँलाई भलमन्साको जिम्मेवारी सुम्पेको हो । 

यस्तै, गोदावरी नगरपालिका–८ फकलपुरको भलमन्सामा यमबहादुर चौधरी चयन हुनु भएको छ । सो गाउँको आज भएको खोज्नीबोज्नीले छविलाल चौधरी, धनलाल चौधरी र लालबहादुर चौधरीलाई सहयोगी चयन गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर