नेभिगेसन मेनु

धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-10 15:44

shree-airlines

पुस २५ गते । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।

मौसम खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था भएपछि दुवै जहाजलाई डाइभर्ट गरेर सुर्खेत पठाइएको धनगढी विमानस्थलको टावरले जानकारी दिएको छ । मौसम सफा भएपछि सुर्खेतबाट उडेर धनगढी आउने जनाइएको छ ।

बिहान मौसम अलि सफा भएपछि धनगढी विमानस्थल खुलेको थियो । विमानस्थल खुलेकाले बिहान काठमाडौँबाट धनगढीका लागि जहाज उडेको थियो । तर जहाज धनगढी पुग्न नपाउँदै मौसम खराब भएपछि अवतरणका लागि सुर्खेत पठाउनु परेको जनाइएको छ । हुस्सुका कारण भिजिबिलिटी कम भएपछि अहिले धनगढी विमानस्थल बन्द रहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर