नेभिगेसन मेनु

सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-14 13:24

Untitled-1

पुस २९ गते । सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि  बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुन्तला  बिक्री गरेर घरखर्च जोहो गर्ने भनेको थिएँ । अहिलेसम्म  बिक्री नहुँदा मनमा चिन्ता पसेको छ ।” सुन्तला पाकेर बारीमा पहेँलपुर देखिए पनि त्यसमा कसैको मन नलोभिएको भन्दै उहाँले जुन खेती गरे पनि केही नहुने भयो भन्ने मनमा चिन्ता लाग्न थालेको बताउनुभयो । 

उपाध्यायले गाउँमै सात सयभन्दा बढी रोपनीमा सुन्तला खेती छ । अहिले  बिक्री गर्न समस्या भएको उपाध्यायको गुनासो छ । कृषि ज्ञान केन्द्रको पहलमा उपाध्यायले सुन्तला खेती गर्नुभएको हो ।

उहाँले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । गहुँ र धान फलाउने जमिनमा सुन्तला फलाएका उपाध्यायलाई बजारको समस्या देखिएको छ । 

गाउँमा कोल्डस्टोरको व्यवस्था छैन । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्डस्टोरको व्यवस्था भइदिए सहज हुने अपेक्षा उहाँको छ । 

यस जिल्लाको गौमूल गाउँपालिका, बडिमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादन गरेका सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्तला किसान पारू रोकायाले बताउनुभयो ।

उहाँले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्ताल खेती सुरु गर्नुभएको हो । गहुँ, धान फलाउने जमिनमा सुन्तला फलाएर पहेँलीपन गर्दै आएका पाध्यायलाई बजारको समस्या देखिएको छ । 

गाउँमा कोल्ड स्टोरेजको व्यवस्था छैन् । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्ड स्टोरेजको व्यवस्था भइदिए सहज हुने अपेक्षा उहाँको छ । 

यस जिल्लाको गौमूल गाउँपालिका, बडीमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँका उत्पादन गरेका सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्ताल किसान पारू रोकायाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर