नेभिगेसन मेनु

सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन: उपसभापति खड्का
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-12 14:03

sdfgh

पुस २७ गते । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको छ । 

आज नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यम स्तरको काम भने गरिरहेको उल्लेख गर्नुभयो । 

“हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बिच छलफल हुने नै छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यम स्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।”

उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताउनुभएको छ । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उहाँको भनाइ थियो । 

जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उहाँले सरकार सुशासनको अभियानमा रहेको उल्लेख गर्नुभयो । 

उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास काँग्रेसको नेतृत्वमा भएको भन्दै यसबिच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गर्नुभयो । उहाँले सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर