नेभिगेसन मेनु

सुदूरपश्चिम प्रदेशमा लक्ष्य अनुसार खरिद भएन धान
सम्पादक:南亚网络电视
समय:2024-01-20 14:12

Dhan-kharid

धनगढी, माघ ६ गते । सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरीबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।

यस वर्ष कैलालीमा ६० हजार क्विन्टल र कञ्चनपुरमा १५ हजार क्विन्टल गरी सुदूरपश्चिममा ७५ हजार क्विन्टल धान खरिद कोटा थियो । तर कैलालीबाट १८ हजार ७८७ र कञ्चनपुरबाट तीन हजार गरी जम्मा २१ हजार ७८७ क्विन्टलमात्रै धान खरिद भएको छ ।

सरकारले निर्धारण गरेकोभन्दा धानको बजार मूल्य बढी भएपछि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट धान पाउन नसकेको हो । व्यापारीले बढी मूल्यमा खरिद गर्दा कम्पनीले खोलेको धान खरिद केन्द्रमा थोरैमात्रै किसानले बिक्रीका लागि धान ल्याएको कम्पनीका प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । 

सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढीमा बजारमा धान खरिदबिक्री भएकाले किसानले खाद्यको खरिद केन्द्रमा धान नल्याएको उहाँको भनाइ छ । धान नआएपछि पुस मसान्तदेखि खरिद केन्द्रबाट खरिद कार्य बन्द गरिएको छ ।

गत वर्ष सुदूरपश्चिममा ४० हजार क्विन्टल धान खरिदको कोटा रहेकोमा ३० हजार क्विन्टल धान खरिद गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर