नेभिगेसन मेनु

दार्चुलामा बस दुर्घटना: १४ जना घाइते
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-19 12:43

FB_IMG_1705629536389

माघ ५ गते । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका ५ किम्तडी स्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटना भएको छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट आज बिहान ५ः३० बजे महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस बिहान ६ बजेतिर दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चालकसहित बसमा सवार १४ जना यात्रुहरू घाइते भएको र घाइते सबैलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

चालक समेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर