नेभिगेसन मेनु

ल्याप्रोस्कोपी प्रविधिबाट कर्णालीमा शल्यक्रिया
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-11 13:03

Untitled-1 (1)

पुस २६ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रीया गरिएको छ । तातोपानी गाउँपालिका–४, गिडीखोलाकी ३५ वर्षीय सम्झना पाण्डेको पाठेघरको शल्यक्रीया गरिएको हो । प्रतिष्ठानका अनुसार सानै उमेरमा विवाह गरेकी पाण्डेको पाठेघरमा सङ्व्रmमण भएको थियो ।  प्रतिष्ठानका अस्पताल निर्देशक स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा डा. सुबी बस्न्यात, डा. रवि खापुङ, डा. ललित धामी, स्वास्थ्यकर्मी सविना मानन्धर, राज खत्रीको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको  शल्यक्रिया गरिएको जनाइएको छ । 

अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार जुम्लामा यो प्रविधिको पहिलो प्रयोग गरिएको हो । यो प्रविधिबाट शल्यव्रिmया गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने,  शल्यक्रिया गर्दा घाउको दाग सानो देखिने, थप रगत आवश्यकता कम पर्ने, सङ्व्रmमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्ने जस्ता फाइदा रहेको छ । 

प्रतिष्ठानका अनुसार पेटमा ससाना घाउ बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अङ्गका समस्या हेर्ने ल्याप्रोस्कोपी प्रविधि हो । पछिल्लो समय नेपालमा भिœयाइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी शल्यक्रीया सुरक्षित र भरपर्दो विधिका रूपमा चिनिन थालेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर