नेभिगेसन मेनु

भूमिहीनलाई लाभग्राही निस्सा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-21 12:24

nissa-bitaran-rukum-raju

माघ ७ गते । रुकुमपश्चिमका ९८३ जना भूमिहीन र अस्थायी बसोबासीलाई जग्गाको लाभग्राही निस्सा वितरण गरिएको छ । 

राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले त्रिवेणी गाउँपालिकाका १०७ जना र आठबिसकोट नगरपालिकाका ८७६ जनालाई लाभग्राही निस्सा वितरण गरेको हो । आयोगका विज्ञ सदस्य सुशील विष्टका अनुसार सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जग्गाको लाभग्राही निस्सा वितरण गरिएको हो ।

त्रिवेणी गाउँपालिकाका ८२ जना अव्यवस्थित बसोबासी, २३ जना भूमिहीन दलित र दुई जना भूमिहीन सुकुमवासीलाई लाभग्राही निस्सा उपलब्ध गराइएको छ । आठबिसकोट नगरपालिकाका १२ जना भूमिहीन दलित, १४ जना भूमिहीन सुकुमवासी र ८५० जना अव्यवस्थित बसोबासी लाभग्राहीलाई निस्सा प्रदान गरिएको छ ।

राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमका अध्यक्ष मीनबहादुर ओलीले जिल्लाका अन्य स्थानीय तहमा पनि लाभग्राही निस्सा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । हालसम्म एक हजार आठ सयभन्दा बढी भूमिहीनको विवरण कार्यालयमा सङ्कलन भएको जानकारी दिनुभयो । मुसीकोट नगरपालिकाका भूमिहीनको विवरण इन्ट्री भइरहेकाले भूमिहीनको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । 

जिल्ला अध्यक्ष ओलीले लाभग्राही निस्सा भूमि प्राप्तिको पहिलो प्रमाण भएको बताउनुभयो । उहाँका अनुसार यही निस्साका आधारमा जग्गाको नाप तथा नक्सा हुने र त्यसपछि कित्ताकाट हुने छ । 

अव्यवस्थित बसोबासीले भोगचलन गर्दै आइरहेको जग्गालाई नै लाभग्राहीको निस्सा दिइएको हो । सुकुमवासीलाई पायक पर्ने स्थानको जग्गाको निस्सा दिइएको छ । अध्यक्ष ओलीले भूमिमाथिको स्वामित्व सबैको हुने भएकाले आयोगले भूमिहीनलाई न्याय दिन थालेको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर