नेभिगेसन मेनु

भूकम्पको इपिसेन्टर सिर्पाचौर पुनः निर्माणको पर्खाइमा
सम्पादक:南亚网络电视
समय:2024-01-20 14:11

wsdfhs

कालिकोट माघ ६ गते । जाजरकोटको बारेकोट १ रामी डाँडा स्थित सिर्पाचौर गत कात्तिक १७ को भूकम्पको केन्द्रबिन्दु हो । भूकम्पले भत्किएको सिर्पाचौरको बस्ती पुनःनिमार्णको पर्खाईमा रहेको छ । 

बस्तीका अधिकांश घर पुरै चिरा परेका छन् भने पाटेसन गरेका घरका पर्खाल पनि भत्किसकेका छन् । सिर्पाचौरका सबै नागरिक अहिले त्रिपालको बासमा छन् । जीवनकालकै सबै भन्दा ठुलो भूकम्पको अनुभव गरेर क्षति बोहोरेका सिर्पाचौरका ७६ वर्षीय जैमान थापा घर भत्किएपछि त्रिपाल मुनी बस्न बाध्य छन् । 

सिर्पाचौरको उचाइ समुन्द्री सतहदेखि २१ सय मिटर माथि हो । यहाँको मर्छेनाखोला लघु जलविद्युत आयोजना निमार्णका बेला यहाँको उचाइको मापन गरिएको थियो । स्थानीय अगुवा मानबहादुर घर्तीले सबै यहाँ मगर जातीको बसोबास भएकाले खासै गुनासो गदैनन । हाम्रो जाती धैर्य गर्ने भएकाले पनि यहाँको भूकम्प पछिको सुरक्षामा ढिला हुँदै गएको बताउनुभयो । 

सिर्पाचौरमा एक सय ५३ घर परिवारको बसोबास छ । घर्ती गाउँ र पुन गाउँ दुई नाम प्रख्यात भए पनि यहाँ मगरका विभिन्न थरका मानिसको बसोबास छ । घर्ती, पुन, रोकाया, बुढा र थापा थरका मगरको बसोबास सिर्पाचौर अहिले अस्थायी आवास भन्दा पनि पुर्न: निमार्णको पर्खाइमा छ । सामाजिक अगुवा मानबहादुर घर्तीले अस्थायी आवासमा समय बिताउनु भन्दा गाउँपालिकाले पुर्न:निमार्णको मापदण्ड ल्याउनु पर्ने बताउनुहुन्छ । 

एक पटक रु ५० हजार खर्च गर्ने, अर्को पटक पुर्न: निमार्णमा थप खर्च गर्नु भन्दा एकै पटक सरकारले पुन: निमार्णको योजना ल्याउनु पर्ने उहाँको तर्क छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर