नेभिगेसन मेनु

रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-04 13:18

adghqw

पुस १९ गते । भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो । 

नगर प्रमुख पुष्प बादीले एक कार्यक्रमका बिच भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । चिसोको कारण भूकम्पपीडितहरूको स्वास्थ्य थप जोखिममा पर्न थालेकोले एकीकृत रूपमा नमूनाबस्ती निर्माण थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत बस्ती निर्माणका लागि पीडित परिवार र मानव विकास तथा सामुदायिक सेवाको संयुक्त लगानी रहने छ । दुई पक्षले एक घर निर्माणको लागि करिब पाँच÷पाँच लाख रुपियाँको लगानी गर्ने सहमति भएको बताउनुभयो ।

भूकम्पपीडित गणेश खत्रीले सिङ्गो टोलका २१ घर एकसाथ बनाउन थालेको बताउनुभयो । एक घरको लम्बाई सात मिटर र चौडाइ ५.५ मिटर रहने गरी काम थालनी भएको छ । सबै घरमा समान प्रकृतिको बरन्डा समेत रहने खत्रीले उल्लेख गर्नुभयो । अहिले संयुक्त रूपमा स्थानीयवासीहरुले घर निर्माणको काम गरिरहेको र एक घर निर्माणसँगै अर्को घर सुरु गर्ने सहमति भएको समेत खत्रीले जनाउनुभयो । 

वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम ओलीले तीन महिनाभित्र पहिलो चरणको एकीकृत बस्ती निर्माण कार्य सक्ने गरेर काम थालनी गरेको बताउनुभयो । आफ्नो वडाका पाँच सय ९२ घरको टहरा निर्माण सकिएकोले पुनर्निर्माणको अभियान सुरु गरिएको उहाँको भनाई छ । वडाध्यक्ष ओलीले नगरपालिकाको दुर्गम बस्तीको रूपमा रहेको टाकुराटोलमा नमुना बस्ती विकास गरेर उदाहरणीय कार्य प्रस्तुत गरिने उल्लेख गर्नुभयो । घर निर्माणमा सम्पूर्ण टोलवासीहरू एक भएर काम गरिरहेका छन् । 

चौरजहारी नगरपालिका भित्र सात हजार दुई सय ३६ घरपरिवारका आठ हजार दुई सय ७० वटा घर क्षति भएको नगर प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । जस मध्य चार सय ५५ वटा पूर्ण रूपमा, छ हजार पाँच सय ९१ वटा आंशिक रूपमा र एक हजार दुई सय २४ वटा सामान्य चर्केर क्षति भएका छन् । 

अस्थायी आवास निर्माणको लागि चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ जिल्ला विपद् कोषबाट पठाइएको छ भने नगरपालिकाले पाँच हजार नौ सय ३८ लाभग्राहीको खातामा १४ करोड ८४ लाख ५० हजार रुपियाँ जम्मा गरिसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर